रामेछापमा एक महिलाको संकास्पद शब फेला
ओखलढुङ्गान्युज, असोज ३० रामेछाप । रामोछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ७ मुगानमा एक महिला मृत अबस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा सोही स्थानकी अन्दाजी वर्ष ५८ की चिनीमाया हायू रहेकी छन् ।
हायू घरमा नै मृत अबस्थामा फेला परेको भन्ने जानकारी प्रहरीलाई प्राप्त हुनासाथ रामेछाप प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापले जनाएको छ । मृतक हायूको मृत शरीर भरि चोटैचोट देखिएकोले हत्या भएको आशंका स्थानीय र प्रहरीले गरेको छ ।
घटनास्थलमा कानूनी प्रकृया पूरा गरेर शबलाई पोष्ट मार्टमका लागि रामेछाप अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापले जनाएको छ । शब भेटिएको घरमा मृतक र मृतकका श्रीमान् मात्र बस्ने भएकोले मृतकका श्रीमान् ६० बर्षिय ईन्द्र बहादूर हायूलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापले जनाएको छ ।