रुखबाट लडेर ओखलढुङ्गामा नेपाली सेनाका जवानको मृत्यु
ओखलढुङ्गान्युज, असोज २१ शेर्ना । ओखलढुङ्गामा घाँस झार्ने क्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको चिसङ्खुगढी गाउँपालिका वडा नम्बर १ कुइभिरटारका ३६ वर्षका गुणराज अधिकारी रहेका छन् ।
सोमबार अपरान्ह साढे ४ बजेतिर घर नजिकै रहेको ओदालको रुख चढेर घाँस झार्ने क्रममा हाँगो भाँचिदा अधिकारी रुखबाट लड्न पुगेका थिए । रुखबाट लडेका अधिकारीलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लाने क्रममा मृत्यु भएको चिसङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।
मृतक अधिकारी शान्ति सेना मिसनमा जान तयारी अवस्थामा थिए । उनी अहिले दशैंको घर बिदामा आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शुक्रबारदेखि परेको बर्षातका कारण बाटो खराब भए पश्चात उनी जागिरमा फर्कन पाएका थिएनन् । उनी आज मंगलबार ब्यारेकमा ड्युटीमा हाजिर हुनुपर्ने थियो।
मृतक अधिकारीको शबलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट गएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी मङ्गलबार बिहान पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाएको गाँउपालिका अध्यक्ष शर्माले जानकारी दिए ।