नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

बलखुका राई ओखलढुङ्गामा मृत फेला 

ओखलढुङ्गान्युज, असोज २० ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सुनकोशी गाउँपालिका वडा नं १ बल्खु घर भई हाल सिद्धिचरण नगरपालिका वडा नम्बर ११ सोब्रु स्थित पदम राईको घरमा कोठाभाडा गरी बस्दै आएका अन्दाजी वर्ष ३० का ईश्वर राई रहेका छन् ।

मृतक राई शनिबार साँझ पसल जान्छु भन्दै कोठाबाट बाहिरिएका थिए । सो साँझ कोठामा नफर्किएका राई आइतबार बिहान साढे ८ बजेतिर जिल्ला समन्वय समितिबाट सोब्रु जाने भित्री कच्ची सडक खण्डको बाटोमा घोप्टो परेर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।

घटनाको बारेमा प्रहरीको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी सबको पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।