नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

देशका ठूला आठ नदीले पार ग¥यो खतराको तह

ओखलढुङ्गान्युज, असोज १९ काठमाण्डौं । शुक्रबार देखी परेको अविरल वर्षातका कारण देशका विभिन्न ठूला आठ नदीहरुले खतराको तह पार गरेका छन् । शुक्रबार देखी परेको अविरल वर्षातका कारण शनिवार साँझ सम्म ती नदीहरुले खतराको तह पार गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराएको आईतबार बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’ अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका हुन् ।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि छ। उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेश प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा छ। यसैगरी कोशी मधेश प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालामा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बागमती प्रदेश र मधेश प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आईतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ।