नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

चट्याङ्ग लागेर ओखलढुङ्गाको वाक्सामा ५ चौपायाको मृत्यु

ओखलढुङ्गान्युज, असोज १९ ओखलढुङ्गा शनिवार राती पानीसँगै परेको चट्याङ्गका कारण जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा पाँचओटा पशु चौपायको मृत्यु भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. २ वाक्सामा शनिवार राती १० बजेतिर परेको चट्याङ्गले लागेर स्थानीय यान बहादुर कार्कीको पाँचओटा पशुचौपायको मृत्यु भएको हो ।

चट्याङ्गले लागेर कार्कीका तीनओटा गोरु, एकओटा भैसी र एकओटा खसी मरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । चट्याङ्गले लागेर पशु चौपायको मृत्यु भएपनि अन्य मानविय क्षति भने नभएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।