नेपाली समय Loading...२०८२ आश्विन १९ आईतवार

चट्याङको झड्काले चिसङ्खुगढीमा एक महिला घाइते 

ओखलढुङ्गान्युज, असोज १८ सेर्ना । जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा शनिबार अपरान्न चट्याङको झड्का लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा चिसङ्खुगढी गाउँपालिका वडा नम्बर ८ माम्खा बस्ने ३५ वर्षकी प्रेमकुमारी भुजेल रहेकी छन ।

दशैंको टिका लगाउन छिमेकी राजु राईको घरमा गएकी भुजेललाई टीका लगाउने क्रममा शनिबार दिउँसो १२ बजेतिर पानीसँगै परेको चट्याङको झड्काले भुजेललाई लागेको थियो । चट्याङको झट्का लागेर बेहोस भएकी भुजेललाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विक्रम भट्टराईले जानकारी दिए ।

चट्याङको झड्काले बेहोश भएकी भुजेलको अहिले जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।