नेपाली समय Loading...२०८२ आश्विन १८ शनिबार

ओखलढुङ्गामा एक बृद्ध महिला मृत फेला 

ओखलढुङ्गान्युज, असोज १७ ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिकामा एक वृद्धा महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा मोलुङ गाउँपालिका वडा नम्बर २ ढुस्के बस्ने अन्दाजी ७२ वर्षीय भविलक्ष्मी राई रहेकी छन् ।

मृतक राई गए राती करिब ९ बजेतिर आफ्नै घरको दलानमा रहेको प्लास्टिकको कुर्सीमाथि निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । वृद्धा राई मृत अवस्थामा रहेको स्थानीय रूपमान राईले प्रहरीलाई जानकारी गराए पश्चात घटनास्थलमा इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइटेलको नेतृत्वमा प्रहरीको टोली पुगेको थियो । 

प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सबको पोस्टमार्टमका लागि रुम्जाटार अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । सबको प्रकृति हेर्दा घटना शंकास्पद देखिएकोले मृतक राईको श्रीमान अन्दाजी ७२ वर्षीय टेकबहादुर राईलाई पनि नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।