नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

टिकाको साईत विहान ११ः५३ मिनेटमा उत्तम

ओखलढुङ्गान्युज, असोज १६ काठमाण्डौं आज हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादशैंको मुख्य दिन अर्थात विजयादशमी टीकाको दिन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज टीकाको उत्तम साईत विहान ११ बजेर ५३ मिनेटमा रहेको छ । टीकाको साईत अगाडी ९ बजेर २३ मिनेटमा देवीको विसर्जन गर्नुपर्ने पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

टीकाको साईत हेर्नेहरुका लागि उत्तम साईत विहान ११ बजेर ५३ मिनेटमा रहेपनि नियमित पूजा सकेर आफ्नो अनुकूलतामा देवी विसर्जन सकेर टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भु प्रसाद ढकालले बताए । अध्यक्ष ढकालका अनुसार परम्परालाई निरन्तरता दिँदै साइतको सूची प्रकाशन गरिएको हो ।

राजतन्त्र कालमा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिले राजाका लागि विशेष साइत निकाल्ने गर्दथ्यो । त्यसैलाई आधार मानेर सर्वसाधारणले पनि राजाकै साइतमा टिका लगाउँथे। यो परम्पराकै रूपमा विकास भएर राजतन्त्रको अन्त्यपछि नाम फेरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि दशैँमा साइत निकाल्ने क्रमलाई निरन्तरता दिईरहेको छ ।