वेष्ट ईन्डिज विरुद्ध सानदार जित सगै युनिटी कपको उपाधी नेपाललाई
ओखलढुङ्गान्युज, असोज १४ काठमाण्डौं । गएराती सम्पन्न भएको खेलमा नेपालले टि–२० कपको दुई पटकको विजेता वेष्ट ईन्डिजलाई पराजित गर्दै सानदार जित निकालेको छ । सानदार जितसँगै एक खेल अगावै नेपालले युनिटी कपको उपाधि जितेको छ ।
शोमबार राती यूएईको शारजाह खेलमैदानमा भएको त्रीदिवसीय खेल अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध पहिलो टी–२० आई सिरिज उपाधि समेत हो ।
शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ दशलमव १ ओभरमा ८३ रनमा अल आउट भयो ।
युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । अन्तिम खेल आज (मंगलबार) राति हुनेछ ।