चट्याङको झड्का लाग्दा ओखलढुङ्गामा एक महिला घाईते
प्रकासित मिति : २०८२, १२ आश्विन आईतवार २१:४९
प्रकासित समय : २१:४९
ओखलढुङ्गान्युज, असोज १२ शेर्ना । जिल्लाको चिशंखुगढी गाँउपालिकामा चट्याङको झड्काले लागेर एक महिला घाईते भएकी छन् । घाईते हुनेमा चिशंखुगढी गाँउपालिका वडा नं.४ पुरानो गाँउ बस्ने अन्दाजी ६० बर्षिया तारादेवी बस्नेत रहेकी छन् ।
आईतबार अपरान्ह ५ बजेतिर बर्षातसँगै परेको चट्याङको झड्काले बस्नेतलाई लाग्दा लड्न पुगेकी थिईन् । चट्याङको झड्काले लागेर घाईते भएकी बस्नेतलाई स्थानीयबासीको पहलमा तत्काल उद्धारगरी उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रुमा पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।