नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

एसईई पुरक परीक्षाको नतिजा प्रकाशन

ओखलढुङ्गान्युज, असोज ११ काठमाण्डौं राष्ट्रिय परीक्षा बोर्डले माद्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज शनिबार पुरक परीक्षाको नतिजा सार्वजनक गरेको हो ।

आज सार्वजनिक भएको नतिजा अनुसार परीक्षामा सहभागी भएका कूल विद्यार्थी मध्ये ८३ हजार ५ सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । परीक्षामा सहभागी भएका परीक्षार्थहरु मध्ये ५९ हजार ६ सय ९३ जना भने पून ननग्रेडेड बन्न पुगेका छन् ।

गत साउन २९ गते देखी भदौ ६ गत्ते सम्म सञ्चालन भएको एसईईको पूरक परीक्षामा देशभरबाट १ लाख ४३ हजार २ सय ५७ जना परीक्षार्थीहरुले सहभागीता जनाएका थिए ।