नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

ओखलढुङ्गामा चट्याङ लागेर नाबालिका सहित सात घाइते, दुईको अवस्था गम्भीर 

ओखलढुङ्गान्युज, असोज ११ ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिकामा शुक्रबार साँझ भीषण पानीसँगै परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । शुक्रबार साँझ ७:३० बजेतिर मोलुङ गाउँपालिकाको वडा नम्बर ४ माझखर्कमा चट्याङ लागेर ७ जना घाइते भएका हुन् भने दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरूमा मोलुङ गाउँपालिका वडा नम्बर ४ माझखर्कका स्वर्णबहादुर तामाङका छोरा वर्ष ३६ का इन्द्रबहादुर तामाङ, उनकै छोरा वर्ष २५ का सुवास तामाङ, उनकै छोरा वर्ष २४ का अनिश तामाङ रहेका छन् । त्यस्तै, सुजन तामाङको छोरा आठ वर्षीय सागर तामाङ, तीर्थबहादुर तामाङको छोरी वर्ष १३ कि डोल्मा तामाङ,चन्द्र बहादुर तामाङको छोरा सुजन तामाङ, अनिस तामाङको छोरी १८ महिना कि सोनिका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

घाइते भएकामध्ये इन्द्रबहादुर तामाङ र सागर तामाङको अवस्था भने गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। गम्भीर घाइते रहेका दुवै जनालाई तत्काल उद्धार गरी अहिले सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भइरहेको पनि प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।