नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

मोलुङमा एक पुरुष मृत फेला

ओखलढुङ्गान्युज, असोज प्राप्चा जिल्लाको मोलुङ गाँउपालिकामा एक पुरुषको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ४ हर्कपुरका अन्दाजी ३५÷३६ वर्षका विष्णु बहादुर नेपाली रहेका छन् ।

मृतक नेपाली आज हर्कपुरबाट आफ्ना छोराछोरीको दलित बालबालीकाको भत्ता लिन छोरी सहित प्राप्चामा रहेको सनराईज बैंकमा आएका थिए । प्राप्चामा रहेको बैंकबाट भत्ता निकालेपछि पैसालाई लिएर छोरी घर पठाएका थिए । छोरीलाई घर पठाएर नेपाली भने बजारमा नै केहि समय रहेर ढिला गरि घर तर्फ गएका थिए ।

ढिला सम्म पनि बाबु घरमा नआएपछि छोरी बाबुलाई खोज्न आएकी थिईन् । खोजी गर्दै प्राप्चा तर्फ आउने क्रममा दिउँसो ४ बजेतिर नेपाली मोलुङ गाउँपालिका वडा नं. ३ को कुलखोला बगर भन्ने स्थान नजिकै मृत फेला परेको प्राप्चाबाट स्थानीय समाजसेवी भूमरी लामाले जानकारी दिए । नेपालीको शब फेला  परेपछि ईलाका प्रहरी कार्यालय बरुणेश्वरमा जानकारी गराईएको थियो ।

प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा कानूनी प्रकृया पूरा गरि शबको पोष्ट मार्टम गर्न पठाउन प्रहरीको टोली बुधबार (आज) साँझ अबेर घटनास्थल तर्फ जादै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकार दिए ।