आज दशैंको तेश्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिदै
प्रकासित मिति : २०८२, ८ आश्विन बुधबार ०७:३३
प्रकासित समय : ०७:३३
ओखलढुङ्गान्युज, असोज ८ ओखलढुङ्गा । आज हिन्दू धर्मावलम्बीहरुको महान् पर्व दशैं अन्तर्गत नवरात्रको तेश्रो दिन । आज हिन्दू धर्मावलम्बीहरुले दशंैको तेश्रो दिनमा चन्द्रघण्टा देवीको पूजा आराधना गरि मनाउदै छन् ।
हिन्दू धर्मावलम्बीहरुले दशैं मनाउने क्रममा घटस्थापना गरेसँगै नवरात्रमा देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । सोहि परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गर्ने गर्दछन् ।
दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।