नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

आज वडादशैंको दोश्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

ओखलढुङ्गान्युज, असोज ओखलढुङ्गा आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् हिन्दूहरुको महान् चाड वडा दशैं अन्तर्गत नवरात्रको दोस्रो दिन । वडादशैंको दोश्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।

वडादशैं अन्तर्गत नवरात्रको पहिलो दिन सोमबार (हिजो) दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

वडादशैं अन्तर्गतको नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने कुरा  धार्मिक विश्वास रहिआएको छ ।