भोलि अर्थात् असोज १ गते सार्वजनिक विदा
प्रकासित मिति : २०८२, ३१ भाद्र मंगलवार ०६:३५
प्रकासित समय : ०६:३५
ओखलढुङ्गान्युज, भदौ ३१ काठमाडौँ । Gen-Z को आन्दोलनपछि बनेको अन्तरिम सरकारको सोमबार बसेको बैठकले भोलि अर्थात् असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत भदौ २३ गते भएको आन्दोलनको क्रममा सहादत भएका शहीदहरूको सम्झनामा असोज १ गते शोक विदा मनाउँदै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सहित घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गर्ने समेत निर्णय गरेको छ । सहर आसपासमा रही सहादत प्राप्त गरेका शहीदहरूको यही अन्त्यष्टि गर्ने र टाढा जिल्लाका ज्यान गुमाउने शहिदहरुलाई हेलिकप्टर मार्फत सब पठाउने समेत मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
आन्दोलनका क्रममा देशभरबाट ७२ जनाले ज्यान गुमाएका थिए ।

