कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित
ओखलढुङ्गान्युज, भदौ २६ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार साँझ एक सूचना प्रकाशित गर्दै परीक्षा स्थगित भएको जनाएको हो ।
गत बैशाखमा सन्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी भएर दुइ विषयसम्म ननग्रेड ल्याएका परीक्षार्थीहरुकालागि परिक्षा बोर्डले भदौ २८ र २९ गते मौका परीक्षा सन्चालन गर्दै थियो । केहिदिन अगाडी काठमाडौंमा भएको Gen-Z को प्रदर्शनका कारण परिस्थिति सामान्य नभएको कारण परीक्षा स्थगित गरिएको परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बोर्डले सूचनामा अर्को सूचना प्रकाशित नहुँदा सम्म परीक्षाका कार्यक्रम स्थगित गरेको जनाएको छ । सूचनामा अर्को परीक्षा सम्बन्धी कार्यक्रम कम्तीमा सात दिनको समय दिएर सूचना प्रकाशित गर्ने र अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको जानकारी गराएको हो ।