ओखलढुङ्गाको तीन स्थानीय तहमा आज शोक विदा
प्रकासित मिति : २०८२, २५ भाद्र बुधबार ०९:०७
प्रकासित समय : ०९:०७
ओखलढुङ्गान्युज, भदौ २५ ओखलढुङ्गा । जिल्लाका तीन स्थानीय पालिकाहरूले आज गाउँपालिका/नगरपालिकामा शोक विदा दिएको छ। जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिका तथा लिखु गाउँपालिका र सुनकोशी गाउँपालिकाले आज आफ्नो स्थानीय तहमा शोक विदा गरेका हुन् ।
सोमबार जेन्जी पुस्ताको आन्दोलनमा सहभागी भएका २१ जनाको मृत्युको शोकमा जिल्लाका यी स्थानीय तहहरूले आज शोक विदा दिएका हुन् ।
गाउँपालिकाहरूले मङ्गलबार विज्ञप्ति जारी गर्दै सोमबार भएको जेन्जीको प्रदर्शनमा मृत्यु भएका युवाहरूको सम्झनामा आज एक दिन गाउँपालिकाका सबै आकस्मिक सेवा बाहेकका सेवाहरू बन्द गर्दै शोक मनाउने निर्णय जानकारी गराएको हो ।

