नेपाली समय Loading...२०८२ पुस ८ मंगलवार

विषम परिस्थितिमा नेपाल टेलिकमको फ्रि कल र फ्रि डाटा

ओखलढुङ्गान्युज, भदौ २५ काठमाडौँ । विषम परिस्थितिलाई ख्यालमा राख्दै नेपाल टेलिकमले आफ्ना सेवाग्राही प्रयोगकर्ताहरूलाई दुई दिन फ्रि कल र फ्री डाटाको सेवा उपलब्ध गराएको छ । टेलिकमले आज र भोलि सेवा उपलब्ध गराएको जनाएको छ ।

नेपाल टेलिकमले एक सूचना प्रकाशित गरी भनेको छ, ‘हाल देशमा उत्पन्न विषम परिस्थितिमा देशविदेशमा रहेका आफन्तजनसँगको सम्पर्कलाई सहज बनाउन यस कम्पनीका ग्राहक महानुभावहरुलाई तीन दिनका लागि डाटा तथा भ्वाइस प्याकेज सहितको सेवा निःशुल्क उपलब्ध हुने व्यहोरा अनुरोध छ ।’

नेपाल टेलिकमको सूचनाअनुसार फ्रि डाटाको लागि *1415*8*3# र फ्रि भ्वाइस कलका लागि *1415*8*7# अङ्क डायल गर्नुपर्नेछ । यो फ्रि भ्वाइस कल नेपाल टेलिकम देखि नेपाल टेलिकमका फोनमा मात्र लागू हुनेछ ।