नेपाली समय Loading...२०८२ भाद्र २८ शनिबार

जेन–जीको आन्दोलानमा १४ को मृत्यु, ३ को सनाखत, २२ को अबस्था गम्भिर

ओखलढुङ्गान्युज, भदौ २२ काठमाण्डौं । शोमबार जेनजीको प्रदर्शनको क्रममा प्रहरीले अत्याधिक शक्ति प्रयोग सहित दमन गर्दा अहिले सम्म १४ जना युवाहरुले ज्यान गुमाएका छन् । ज्यान गुमाएका १४ जना मध्ये ३ जनाको मात्रै सनाखत भएको छ भने अन्य मृतकको सनाखत हुनसकेको छैन ।

प्रहरीले दमन गरि गोली चलाउदा ज्यान गुमाउनेहरुमा काठमाण्डौंको ग्लोबल कलेजका श्रीयाम चौलागाई, बाँकेका सुलभराज श्रेष्ठ र किर्तिपुरका बुद्धि तामाङको मात्रै सनाखत भएको छ । हालसम्म मृत्यु भएको पुष्टि भएका १७ जना मध्ये यो समाचार तयार पार्दासम्म ११ जनाको सनाखत भने हुन सकेको छैन ।

आज शोमबार भएको आन्दोलनमा जेन–जे का आन्दोलनकारीहरुले प्रहरीको घेरा तोड्दै संघिय संसद कार्यालय रहेको विआईसीसीको भवनमा समेत प्रबेश गरेका थिए । धेरै मृत्यु हुनेहरुमा विआईसीसी भित्र पसेका युवाहरु रहेका छन् भने आन्दोलनमा रहेका अन्य युवा माथि गोली चलाउदा सयौं घाईते भएका छन् । घाईते भएका अधिकांशको मिनभवनमा रहेको सिभिल हस्पिटलमा उपचार भैरहेको छ । घाईते भएका युवाहरुको चापलाई धान्न नसकेपछि सिभिल अस्पतालले घाईतेलाई अन्यत्र रिफर समेत गरेको छ ।

अस्पतालहरुमा घाइतेको संख्या धेरै हुँदा मृतकको संख्या समेत बढने आकलन गरिएको छ । यसैबिच राजधानी बाहिरका जिल्ला तथा केन्दहरुमा समेत जेन–जी को टीमले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा कोशी प्रदेशको ईटहरीमा प्रहरीले गोली चलाउदा त्यहाँ पनि दुईजनाको मृत्यु भएको छ । प्रहरीले मात्र आन्दोलन रोक्न नसकेपछि सरकारले सेनाको परिचालन गरेको थियो ।