नेपाली समय Loading...२०८२ भाद्र २८ शनिबार

कक्षा १२ को मौका परीक्षाका लागि केन्द्र सार्वजनिक

ओखलढुङ्गान्युज, भदौ २२ काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको मौका परीक्षाका लागि केन्द्र सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै आज कक्षा १२ को मौका परीक्षाका लागि केन्द्र तय गरेको जनाएको हो ।

परीक्षा बोर्डले मौका परीक्षाका लागि देशभर ४ सय केन्द्र तय गरेको हो । मौका परीक्षामा सहभागी हुने विद्यार्थीको संख्याका आधारमा केन्द्र तय गरेको परीक्षा बोर्डले जनाएको छ । जस अनुसार ओखलढुङ्गा जिल्लाका लागि जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माविलाई मात्र केन्द्र तोकेको छ । खोटाङमा भने दुईओटा केन्द्र सरस्वती मावि दिक्तेल र दिक्तेल बहुमुखी क्याम्पस खोटाङलाई परीक्षा केन्द्र तोकेको छ ।

कक्षा १२ को मौका परीक्षा आगामी भदौ २८ र २९ गते हुदैछ । गत बैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को नियमित परीक्षाको नतिजामा दुई विषय सम्म ननग्रेड ल्याएका विद्यार्थीहरु यस परीक्षामा सहभागी हुदैछन् ।