नेपाली समय Loading...२०८२ भाद्र २८ शनिबार

आज फेशबुकलाई दर्ता गराउन अन्तिम समय, के दर्ता गर्ला त ?

ओखलढुङ्गान्युज, भदौ १८ काठमाण्डौं । नेपाल सरकारले सामाजिक सञ्जाल फेशबुकलाई नेपालमा नै दर्ता गराउन उपलब्ध गराएको समय आज सकिदै छ । नेपाल सरकारले फेशबुकको मातृ संस्था मेटालाई नेपालमा नै करको दायरामा ल्याउने गरि दर्ता गराउन उपलब्ध गराएको एक हप्ताको समय आज सकिदैछ ।

नेपाल सरकारले उपलब्ध गराएको एकहप्ताको समयको आज अन्तिम दिन सकिनै लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै प्रगति नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले दिएको समयको अन्तिम दिनको समय पनि सकिनै लाग्दा समेत कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए ।

अन्तिम समय सम्म पनि सामाजिक सञ्जाल दर्ता प्रकृयामा नआएपछि अब के गर्ने भन्ने विषयमा मन्त्रालय अन्यौलमा रहेको छ । यस अगाडी समेत दुई पटक सूचना प्रकाशित गरेर नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई नेपालमा नै दर्ता गराउनका लासि सूचना प्रकाशित गरेको थियो । दुई पटकको सूचना पश्चात टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्मले सूचीकरण गराएका थिए । सामाजिक सञ्जाल फेशबुकले भने नेपाल सरकारको उक्त सूचनालाई चासो गरेको छैन ।

सामाजिक सञ्जाल नेपालमा सञ्चालन गर्नका लागि त्यसको आधिकारीक निकायले नेपालमा सूचिकरण गराउनु पर्ने अन्यथा नेपालमा सञ्चालन हुन नसक्ने गरि उनीहरुलाई नेपालमा प्रतिबन्ध गराउने सरकारले जनाएको थियो । सरकारको उक्त कुरा कार्यान्वयन हुन्छ हुदैन हेर्न बाँकी छ ।