पेट्रोलियम पदार्थको मूल्य घट्दा पेट्रोलको यथावत
प्रकासित मिति : २०८२, १५ भाद्र आईतवार २२:१८
प्रकासित समय : २२:१८
ओखलढुङ्गान्युज, भदौ १५ काठमाडौँ । आइतबार मध्यरातबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै घटाएको छ । निगमले आइतबार साँझ एक सूचना प्रकाशित गर्दै इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै खुद्रा मूल्यमा हेरफेर गरेको जनाएको हो ।
आयल निगमले जारी गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको पनि निगमले जनाएको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटाएको निगमले जनाएको छ। नयाँ मूल्य आजै मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

