नेपाली समय Loading...२०८२ कार्तिक ११ मंगलवार

यसपालीको दशैंमा नयाँ नोटका ठाउँमा सुकिला नोट

ओखलढुङ्गान्युज, भदौ १५ काठमाडौँ । प्रत्येक बर्ष दशैंका लागि भनेर राष्ट्र बैंकले वितरण गर्दै आएको नयाँ नोट यसपटक भने वितरण नगर्ने भएको छ । यस पटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोटको स्थानमा सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्र बैंकले आज (आइतबार) एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । आगामी भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा आवश्यकता पर्ने नागरिकहरुले सुकिला नोट सहटी गर्न सक्ने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले प्रत्येक बर्ष दशैंको सिजनमा नयाँ नोट वितरण गर्दै आएको थियो । गत बर्ष झैं यस पटक पनि नयाँ नोट भने वितरण नगर्ने भएको हो ।