नेपाली समय Loading...२०८२ भाद्र २८ शनिबार

सुनको मूल्यको नयाँ रेकर्ड, प्रतितोला २ लाख ६ सय

ओखलढुङ्गान्युज, भदौ १३ काठमाण्डौं । नेपाली बजारमा आज सुनको मूल्यमा भएको बृद्धिले नयाँ रेकर्ड कायम गरेको छ । आज नेपालमा प्रतितोला सुनको मूल्य उच्च रुपमा बढेर प्रतितोला २ लाख ६ सयमा कारोबार भएको छ ।

सुनको मूल्यमा पहिलो पटक २ लाख नाघेको हो । विहिबार सम्म १ लाख ९९ हजार ४ सय रुपैयामा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार २ सय रुपैयाले बढेर २ लाख ६ सयमा कारोबार भएको हो । पछिल्लो समय केहिदिन मूल्यमा तलमाथि हुदै शुक्रबार भने प्रतितोला २ लाख नाघेर नयाँ रेकर्ड बनेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। आज चाँदीमा प्रतितोलाको मूल्य ५ रुपैयाँले बढेको हो । चाँदीमा प्रतितोला ५ रुपैयाले बढेर आज २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।