नेपाली समय Loading...२०८२ भाद्र ९ सोमबार

ओखलढुङ्गाका एक युवा काठमाडौँमा मृत फेला

ओखलढुङ्गान्युज, भदौ ८ काठमाडौँ । ओखलढुङ्गाका एक युवा आज काठमाडौँमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २६-२७ वर्षको राजेश भुजेल रहेका छन् ।

भुजेललाई आइतबार बिहान काठमाडौँको डल्लुमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । शबको प्रकृति हेर्दा कसैले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । ओखलढुङ्गाकै नागरिकले मोलुङका भुजेल भएको अनुमान गरे पनि मृतक युवाको वास्तविक पहिचान भने हुन सकेको छैन । 

मृतकको शबलाई प्रहरीले आइतबार शिक्षण अस्पताल महाराजगंजमा पुर्‍याएको छ । उनको सोमबार पोस्टमार्टम हुने पनि प्रहरीले जनाएको छ। पोस्टमार्टम गर्न अगाडि मृतकका आशंका गरिएका परिवारलाई समेत खबर गरिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।