नेपाली समय Loading...२०८२ भाद्र ५ बिहीबार

अनटेष्ट मोटरसाईकलमा लागू औषत तस्कर ! ओखलढुङ्गाबाट दुई पक्राउ

ओखलढुङ्गान्युज, भदौ ओखलढुङ्गा बुधबार ओखलढुङ्गामा प्रहरीले प्रतिबन्धित लागू औषत सहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १२ का २६ बर्षिय सागर केसी र सिद्धिचरण नगरपालिका वडा नं. ९ का २६ बर्षका नै चुलेन्द्र खड्का रहेका छन् ।

केतुकेबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको बजाज कम्पनीको १६० सीसीको अनटेष्ट एभेन्जर मोटरसाईकमा लुकाई छिपाई उ क्त लागू औषध बोकेर ल्याउदै गरेको अबस्थामा मोटरसाईकल सहित उनीहरुलाई गोरुमारेभञ्ज्याङमा चेकजाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । उनीहरुको साथबाट ट्रामाडोल ५० लेखिएको प्रतिबन्धित लागू औषध १० पत्तामा ९१ क्याप्सुल फेला पारी नियन्त्रणमा लिईएको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

उनीहरुलाई ओखलढुङ्गा प्रहरीले बुधबार साँझ साँढे ६ बजेतिर पक्राउ गरेको हो । अनटेष्ट मोटरसाइकलमा राखेर ठूलो मात्रामा लागू औषध सहित युवाहरु पक्राउ परेसँगै ओखलढुङ्गा जिल्ला र आसपासका क्षेत्र समेत लागू औषध प्रयोग गर्नेहरुको केन्द्र बन्न लागेको आशंका गरिएको छ । पक्राउ परेका दुवैजनालाई विहिबार जिल्ला अदालतमा पेश गरि ७ दिनको म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।