नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

मोलुङमा चट्याङले लागेर एकको मृत्यु, सात घाइते 

ओखलढुङ्गान्युज, भदौ १ प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिकामा शनिबार साँझ वर्षातसँगै परेको चट्याङले लागेर एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं ४ माझखर्क बस्ने ४० वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

चट्याङले लागेर सोही स्थानका अन्य सातजना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते हुनेमा सोही स्थानका ३३ वर्षीय बिषण तामाङ, ४२ वर्षीय डोल्मा तामाङ, २२ वर्षीय मुना तामाङ, २७ वर्षीय सुजन तामाङ रहेका छन् । त्यस्तै घाइते हुनेहरूमा ३२ वर्षीय प्रेमबहादुर तामाङ, ५९ वर्षीय विष्णुकुमारी तामाङ र २२ वर्षीय सरिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

शनिबार साँझ करिब ५ बजेतिर पानीसँगै चट्याङले लागेर एकको मृत्यु र अन्य घाइते भएका हुन् । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।