बालयौन दुरुपयोग गरेको अभियोगमा एक पुरुष पक्राउ
ओखलढुङ्गान्युज, साउन २८ ओखलढुङ्गा । जिल्लामा बालयौन दुरुपयोग गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुनकोशी गाँउपालिका वडा नं. ८ च्यानम स्थायी घर हाल सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलोडाँडा बस्ने बर्ष ३३ का चन्द्र बहादुर विक रहेका छन् ।
स्थानीय १७ बर्षिया एक किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी परेपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पक्राउ परेका विकलाई (आज) बुधबार जिल्ला अदालतमा हाजिरी गराई अनुसन्धानका लागि सात दिनको म्याद लिईएको पनि सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
पक्राउ परेका विकलाई अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।