नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

रामेछापमा स्कार्पियो दुर्घटना हुँदा एकको मृत्यु 

ओखलढुङ्गान्युज, साउन २५ रामेछाप । रामेछापमा (आज) आइतबार बिहान स्कार्पियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं १ मन्थलीकी अन्दाजी ४० वर्षीय राधा कार्की चौहान रहेकी छन् ।

रामेछापको मन्थलीबाट हेटौडामा रहेका छोरालाई भेट्न जाँदै गरेका चौहान दम्पति चढेको स्कर्पियो मन्थली खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी तर्फ खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्कार्पियो मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर स्थित बोक्से पहरामा अड्किएको छ।

स्कार्पियो दुर्घटनामा परी घाइते भएका मृतकका श्रीमान उत्तम चौहानलाई भने उद्धार गरी उपचारका लागि रामेछाप सामुदायिक अस्पताल मन्थलीमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको स्कार्पियो गाडी भिरमा अड्किएको कारण गाडी नम्बर भने खुल्न नसकेको पनि प्रहरीले जनाएको छ।