नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

साउदी अरबमा एकैदिन आठजनालाई मृत्युदण्ड

ओखलढुङ्गान्युज, साउन १८ विदेश साउदी अरबले विभिन्न मुद्धाको आरोप प्रमाणित भएका आठजनालाई एकैदिन मृत्युदण्ड दिएको छ । साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

एकैपटक मृत्युदण्ड पाउनेहरुमा चार जना सोमालियाली र तीन इथियोपियाली रहेका छन् । उनीहरुलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएको  साउदी समाचार संस्था एसपीएले जनाएको छ ।

सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ । तीमध्ये १५४ जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो । साउदी अरबमा ‘लागुऔषधविरुद्धको युद्ध’ को अभियानमा पहिलो पटक पक्राउ परेकाहरूमध्ये धेरैलाई कानुनी प्रक्रिया र दोषी ठहर भएपछि मात्र मृत्युदण्ड दिइएको छ ।