नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

मंगलबारसम्म मनसुन सक्रिय हुने, सावधानी अपनाउ आग्रह

ओखलढुङ्गान्युज, साउन १८ काठमाण्डौं । गएराती देशभरका अधिकांश स्थानहरुमा पानी परेको छ । अधिकांश स्थानहरुमा पानी पर्दा कतै ठूलो र कतै सामान्य रुपमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराती डोल्पा, रुकुम पश्चिम, जाजरकोट, म्याग्दी, सोलुखुम्बु, बझाङ, उदयपुर, सिराहा, भक्तपुर, सिन्धुपाल्चोक, अर्घाखाँची, झापा, सप्तरी लगायतका जिल्लाहरुमा ठूलो पानी परेको जनाएको छ । ति स्थानहरुमा ठूलो पानी पर्दा सो  जिल्ला र जिल्ला हुदै बहने खोलानाला तथा नदिहरुले सतह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराती ठूलो पानी परेका जिल्लाहरुमा आईतबार विहान पनि पानी परिरहेको तथा नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको पनि जोखिम रहेकोले आईतबार दिउँसोसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

गएराति झापामा १ सय १९ मिलिमिटर, सिरहामा ९८ दशमलव ६ मिलिमिटर र सप्तरीमा ९१ मिलिमिटर वर्षा मापन गरिएको छ । महाशाखाका अनुसार अहिले पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ । बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

अबका तीन दिन अर्थात मंगलबारसम्म नै मनसुन सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।