नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

पहिलो पटक नेपाली पब्जी टीम विश्वकपको फाईनलमा

तस्वीर श्रोत : सामाजिक सञ्जाल

ओखलढुङ्गान्युज, साउन १५ काठमाण्डौं पहिलो पटक नेपालको ‘होर ई–स्पोर्ट्स’ पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । बुधबार साउदी अरबमा भएको सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई–स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।

पछिल्लो नतिजा प्राप्त गरेसँगै नेपाली टीम होर पब्जी ई–स्पोर्ट्सले पौने १ करोड अर्थात ७५ लाख आफ्नो खातामा पक्का गरेको छ । नेपालबाट होर ई स्पोर्ट्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा तीन टिम मात्र सहभागी रहेका छन ।

प्रतियोगितामा विश्वका २४ टीमले सहभागीता जनाएका थिए । २४ टिम मध्ये पहिलो राउण्डमा उत्कृष्ट ८ टीमले सिधै फाईनलमा स्थान पक्का गरेका थिए । नेपाल समग्रमा १३ औं स्थानमा रहेपछि फाइनल प्रबेशका लागि अर्को राउण्ड खेलमा प्रतिष्पर्धा गर्नु परेको हो । पछिल्लो राउण्डमा भने उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनलमा प्रबेश गर्न सफल बनेको हो । अब प्रतियोगिताको फाइनल राउण्डमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ ।