राँगाले हानेर ओखलढुङ्गामा एक पुरुषको मृत्यु
ओखलढुङ्गान्युज, साउन १५ मूलखर्क । जिल्लाको सुनकोशी गाउँपालिकामा आफ्नै घरमा पालेको राँगाले हानेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका वडा नं. ४ सिस्नेरी डाँडाजेरुङका ७२ बर्षिया बल बहादुर श्रेष्ठ रहेका छन् ।
विहिवार (आज) विहान साँढे ९ बजेतिर आफ्नै घरको राँगा गोठबाट बारीमा सार्ने क्रममा राँगा उफ्रिन गई नाकमा लगाएको डोरी चुडिई राँगाले हान्दा श्रेष्ठ बाटोबाट तलपटी पछारिन पुगेका थिए । राँगाले हानेर बाटो भन्दा करीब ३ मिटर तल पछारिएका श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान गर्न र शबको कानूनी प्रक्रिया पूरा गराउनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।