आज साउन १५ खिर खाने दिन
प्रकासित मिति : २०८२, १५ श्रावण बिहीबार ०८:५३
प्रकासित समय : ०८:५३
ओखलढुङ्गान्युज, साउन १५ ओखलढुङ्गा । आज साउनको १५ अर्थात नेपाली समाजमा खीर खाएर पर्व मनाइने विशेष दिन । साउने झरीको बेला दुधमा पकाएको तातो खीर खानाले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खीर खाने गरिएको हो ।
साउन महिनामा गाउँघरमा पनि प्रायः साउन १५ पछाडी खेतीपातीको काम सकिन्छ । हरियाली सहितको राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहेको छ।