नेपाली समय Loading...२०८२ भाद्र ४ बुधबार

सिन्धुलीका हायू परिवार हराउदा दिनभर हल्लिखल्ली, पोखरामा भेटिए

ओखलढुङ्गान्युज, साउन १३ काठमाण्डौं सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ६ छेत्पाबाट एकैपटक बेपत्ता भएका उर्मीला हायूका परिवारका १६ जना सदस्यहरु पोखरामा भेटिएका छन् । उनीहरु घरबाट एकैपटक बेपत्ता भएको थाहा भएपछि शोमबार विहानैबाट हल्लाखल्ला सुरु भएको थियो ।

एकैपटक परिवारका सबै सदस्य बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिनासाथ प्रहरीले खोजी कार्य सुरुवात गरेको थियो । प्रहरीले खोजीका क्रममा मोवाईल फोन ट्रयाक गर्दा स्विच अफ हुनु अगाडी रामेछाप तर्फ लोकेशन देखाएपछि खोजीका लागी रामेछाप प्रहरी पनि परिचालित बनेको थियो । 

खोजीका क्रममा अन्नतः उनीहरु पोखरामा भेटिएका छन् । शोमबार आधारात सम्मको प्रयास पश्चात उनीहरुलाई भेट्टाउन सिन्धुली प्रहरी सफल बनेको हो । उनीहरुको खोजीका लागि प्रहरी देखि स्थानीय नागरिक र जनप्रतिनिधीहरु समेत लागि परेका थिए । बेपत्ता परिवारले १० गते अर्थात शनिवार मध्यरातमा घर छाडेको पाईएको सिन्धुली प्रहरीले जनाएको छ ।

सिन्धुलीमा रहदा परिवारका सदस्यहरु बारम्बार विरामी परिरहेको कारण आफूहरुले थाकथलो छाडेर आएको तथा अब सिन्धुली नफर्कने बताएको प्रहरीले जनाएको छ । तर उनीहरुले किन मध्यरातमा घर छाडे भन्नेबारमा उनीहरुसँग सोधपुछ पश्चात मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।