शोमबार विहानै देखी परेको पानीले सिद्धिचरण लोकमार्ग अबरुद्ध
ओखलढुङ्गान्युज, साउन १२ मानेभञ्ज्याङ । शोमबार विहानै देखि ओखलढुङ्गामा परिरहेको भिषण बर्षातका कारण सिद्धिचरण लोकमार्ग अबरुद्ध बनेको छ । भिषण बर्षातका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत पर्ने जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ र ७ को सिमानाको भडारे खोलाले लोकमार्ग अबरुद्ध गरेको हो ।
भिषण बर्षातका कारण शोमबार दिउँसो तिनबजे तिरबाट सिद्धिचरण लोकमार्गमा पर्ने भडारे खोलामा सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । खोलाको माथितिरबाट आएको ढुङ्गा, गेगर र माटो सहितको लेदो आई सडकको करीब १० मिटर भाग खोलेर सडक क्षति बनाउनुका साथै लोकमार्ग अबरुद्ध गरेको प्रहरी निरीक्षक कार्कीले बताए ।
खोलाले लोकमार्ग अबरुद्ध गरेपछि सडक डिभिजन कार्यालय हर्कपुरसँगको सहकार्यमा नेपाल प्रहरी र शशस्त्र प्रहरी बलको क्विक रेस्पोन्स टीम बेस क्याम्प हर्कपुरको टीमले अबरुद्ध लोकमार्ग सूचारु गराउन प्रयास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।