चर्चित गायीका कविता र मिलनको नयाँ तिज गीत ‘हातमा टल्के चुरा’
ओखलढुङ्गान्युज, साउन १०, ओखलढुङ्गा । पछिल्लो समय निकै चर्चाको शिखर चुम्न सफल गायीका कविता खत्री र मिलन दुलालले नयाँ तिज गीत ‘हातमा टल्के चुरा’ बजारमा ल्याएका छन् । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज २०८२ नजिकिने क्रममा नयाँ नयाँ तीज गीत आउदै गर्दा कविता र मिलनले पनि नयाँ तीज गीत बजारमा ल्याएका हुन् ।
सार्वजनिक भएको गीतमा मिलन दुलालको शब्द तथा मिलन, कविता खत्रीको स्वर रहेको छ । गीतमा कुशल विश्वकर्माले सुमधुर संगित भरेका छन् । हातमा टल्के चुराको म्युजिक भिडियोमा भने शंकर विसी र अस्मिता रानापालले उत्कृष्ट अभिनय गरेका छन् । गीतको म्युजिक भिडियो केहिदिन अगाडी मिलन दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
शंकर विसीको कोरियोग्राफी तथा निर्देशन रहेको यस गित सार्वजनिक भएको केहिदिनमा नै हजारौ दर्शकहरुको मन जित्न सफल बनेको छ । यहाँ दिईएको लिंकमा क्लिक गरेर पनि गित सुन्न र हेर्न सक्नुहुन्छ ।