नेपाली समय Loading...२०८२ असार २५ बुधबार

चट्याङले लागेर ओखलढुङ्गामा एक महिला घाइते

ओखलढुङ्गान्युज, असार २५ ओखलढुङ्गा । मंगलबार साँझ अबिरल बर्षासँगै परेको चट्याङका कारण ओखलढुङ्गामा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ४ चार्खु बस्ने ४३ बर्षिया नानुमाया भुजेल रहेकी छन् ।

मंगलबार साँझ घरमा नैं रहेर खाना खाने क्रममा राति साढे ८ बजेतिर परेको चट्याङको झड्काले भुजेललाई लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइते भएकी भुजेललाई स्थानीयहरुले उद्दार गरि तत्काल जिल्ला अस्पताल रुम्जाटार पुर्याएका थिए ।

चट्याङले लागेर घाइते भएकी भुजेलको हाल जिल्ला अस्पताल रुम्जाटारमा नै उपचार भइरहेको र अबस्था हाल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।