नेपाली समय Loading...२०८२ असार २३ सोमबार

“नमस्ते ढोगदिया”को सफलता पछि कविताको अर्को गीत “फिरफिर पुतली”

ओखलढुङ्गान्युज, असार २२ काठमाण्डौं पछिल्लो समय नमस्ते ढोगदिया गीत बजारमा ल्याएर निकै चर्चित बनेकी ओखलढुङ्गेली गायीका कविता खत्रीले अर्को नयाँ गीत फिरफिर पुतली सार्वजनिक गरेकी छन् । खत्रीको आफ्नै युट्युब च्यानल मार्फत उक्त तीज गीत सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएको नयाँ गीत तिज भाकाको रहेको छ । आउदै गरेको २०८२ सालको तीजलाई मध्यनजर गरेर खत्रीले सहयात्रीहरु सुमित्रा कोईराला र हरि गिरी ९विमर्शी० को सहकार्यमा नयाँ तिज भाका सार्वजनिक गरेकी हुन् । गायीका खत्रीले यस अघि दर्जनौं गीत गाएको भएपनि विशेषत ‘नमस्ते ढोगदिया’ गीत हालसम्म पनि निकै चर्चामा रहेको छ । यस गीतले छ महिनाको अबधीमा २६ मिलियन भ्यूज कमाईसकेको छ ।

शुक्रबार सार्वजनिक भएको गीतले ४८ घण्टा वित्दै गर्दा २८ के भ्यूज कमाईसकेको छ । तीजको अबसर पारेर आउने नयाँ गीत भड्किलो, दुईअर्थ दिने, सुन्न र हेर्ने नसकिने भनेर विवादित बन्दै आएकोमा ‘फिरफिरे पुतली’ले भने मौलिकपन झल्काएको छ । गीतमा गाउघरको अर्गानिक माया प्रेमका कुरालाई शब्दमा समेटेर प्रस्तुत गर्न खोजिएको छ ।

सुमित्रा कोईरालाको शब्द तथा संगीत रहेको फिरफिरे पुतलीमा कविता खत्री, सुमित्रा कोईरला र हरि गिरी (विमर्शी) को सुमधुर आवाज समेटिएको छ । तिज भाकामा रहेको यस गीतको म्युजिक भिडियोमा विक्रम चौहानको कोरियोग्राफी र निर्देशन रहेको छ । गीतको भिडियोमा संचिता बोलाखे, रायन बस्याल र स्वयम् कविता खत्री लागायत कालाकारहरुको अभिनय रहेको छ ।

गीतलाई यहाँ क्लिक गरेर पनि सुन्न र हेर्न सकिन्छ :