‘मेरी बास्सै’ की कलाकार लक्ष्मी श्रेष्ठको पशुपतीमा अन्त्यष्टी
ओखलढुङ्गान्युज, असार २१ काठमाण्डौं । शुक्रबार राति निधन भएकी हास्य टेलिसृंखला ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ ९अप्सरा आमा०को आज पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय श्रेष्ठको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
क्यान्सर रोगबाट थलिएकी श्रेष्ठ करीब डेढ महिना देखी ओछ्यानमा नै थलिएकी थिईन । ओछ्यानमा नै थलिएर रहेकी श्रेष्ठको शुक्रबार राती निधन भएको हो । स्वर्गीय श्रेष्ठको पार्थिव शरीरको अन्त्यष्टि गर्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारहरु उपस्थिति भएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरा सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल ९धुर्मुस्०कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् ।