नेपाली समय Loading...२०८२ असार १९ बिहीबार

मानेभञ्ज्याङ्गमा एक महिने वेटर वेट्रेस तालिम सम्पन्न

 

ओखलढुङ्गान्युज, असार १९ मानेभञ्ज्याङ्ग । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा युवाहरुका लागि एक महिने वेटर वेट्रेस तालिम सम्पन्न सम्पन्न भएको छ । तालिमको बुधबार मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले समापन गरेका हुन् ।

कार्यक्रम समापनमा सम्बोधन गर्दै अध्यक्ष रुम्दालीले निर्वाचन हुनुपूर्व आफूले घोषणापत्रमा युवालाई रोजगार सृजना गराउने प्रतिबद्धता समेत उल्लेख गरेकोले सोहि अनुसार युवा लक्षित तालिमको आयोजना गरेको बताए । युवाहरुले तालिममा सहभागि भएर शीपलाई शीपमा मात्रै नराखी ब्यबहारमा समेत लागू गर्न अनुरोध गरे ।

तालीम ब्यबसायीक तथा शीप विकास तालिम केन्द्र ओखलढुङ्गा र मानेभञ्ज्याङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको हो । १ लाख ९२ हजारको लागतमा सञ्चालन भएको तालिममा २५ जनाले सहभागिता जनाएका थिए ।

समापनमा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राई, उपाध्यक्ष आश्रचन राई, प्रदेश लेखा अधिकृत बालकृष्ण श्रेष्ठ लगायत अतिथिहरुले शुभकामना प्रदान गर्दै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।