नेपाली समय Loading...२०८२ असार १८ बुधबार

लिखुमा सात दिने होमस्टे तालिम सञ्चालन 

ओखलढुङ्गान्युज, असार १८ यसम । जिल्लाको लिखु गाउँपालिकामा मङ्गलबारबाट सात दिने आधारभूत होम-स्टे तथा होटल ब्यबस्थापन तालिम सुरु भएको छ । तालिमको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् ।

तालिमको उद्घाटन गर्दै उपाध्यक्ष अस्मिता थापाले आफ्नै माटोमा फलेको सामग्रीको फरक फरक फ्लेभर दिन सके पर्यटक लोभिने बताइन् । पर्यटक लोभिदा स्थानीयले पैसा पनि कमाउने र स्थानीयले पैसा कमाउँदा यहीँको विकास हुने उपाध्यक्ष थापाको भनाइ छ । स्थानीयले पैसा कमाए भने सामाजिक क्षेत्रमा समेत लगानी हुने हुँदा विकास हुने भएकोले स्थानीय उत्पादनको प्रचारप्रसारमा सबैजना लागि पर्नुपर्नेमा जोड दिइन् ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिमको लिखु गाउँपालिकाले आयोजना गरेको हो । तालिममा २५ जनाले सहभागिता जनाएका छन् । उक्त होमस्टे तथा होटल व्यवस्थापन तालिमको लागि गाउँपालिकाले ४ लाख बजेटको विनियोजन गरेको छ ।