पेट्रोलको मूल्य एकै पटक ५ रुपैंयाले बढ्यो
ओखलढुङ्गान्युज, असार १७ काठमाण्डौं । मंगलबार विहान मध्यराती देखी लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यमा उच्च अंकले मूल्य बृद्धि गरेको छ । गएराती १२ बजेबाट लागू हुने गरि आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यमा उच्च अंकले बृद्धि गरेको हो ।
आयल निगमले शोमबार साँझ एक विज्ञप्ती जारी गर्दै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाले बृद्धि गरेको जनाएको छ । यस अघि पेट्रोलको मूल्य तेश्रो बर्गमा १६० रुपैया सम्म रहेकोमा अब १६५ रुपैया सम्म सेवाग्राहीले बुझाउनु पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाले बृद्धि गरेको आयल निगमले जनाएको छ ।
त्यस्तै हवाई ईन्धनमा समेत आयल निगमले मूल्य बृद्धि गरेको छ । आयल निगमले आन्तरिक हवाई उडानका लागि ८ रुपैयाले तेलको मूल्यमा बृद्धि गरेको छ । अन्तराष्ट्रिय उडान तर्फ भने प्रतिकिलोलिटर ५१ देखि ६० रुपैयासम्मले बृद्धि गरेको आयल निगमले जनाएको छ ।