नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

लिखुमा सिंचाइ पोखरीमा डुबेर एक बालकको मृत्यु 

ओखलढुङ्गान्युज, असार १३ यसम । जिल्लाको लिखु गाउँपालिकामा सिंचाई पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नं. २ देउराली स्थायी घर भइ मावली घर लिखु गाँउपालिका ३ नर्मदेश्वरमा बस्ने १० बर्षिय बालक हिमाल मंग्राती रहेका छन् ।

नर्मदेश्वरको सिमखेत भन्ने स्थानमा रहेको सिचाई पोखरीमा डुबेर शुक्रबार दिउँसो बालकको मृत्यु भएको हो । हजुर आमासँग खेतमा गएका बालक हजुरआमा साँझ घर आउँदा थिएनन् । खेतमा पनि बालक नभएको र घरमा पनि नआएको पाइएपछि परिवारले बालकको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बालक उक्त सिंचाइ पोखरीमा डुबेको अबस्थामा मृत भेटिएका हुन् ।

पोखरी थोरै पानी हुदा बालक साथिसँग पौडी खेल्ने गर्थे । तर आज भने एक्लै थिए । पोखरीको छेउमा बालकको कपडा भेटिएकोले पौडी खेल्न पोखरीमा पसेको तर पोखरीमा पानी भरी भएका कारण बालक डुबेर मृत्यु भएको आशंका गरिएको छ । बच्चामा शारीरिक अपाङ्गता समेत थियो । घटनाको बारेमा बिस्तृत विवरण आउन बाँकी छ ।