नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

ओखलढुङ्गान्युज, असार १३ ओखलढुङ्गा । शैक्षिक सत्र २०८१ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज  प्रकाशन गर्ने तयारी गरेको छ। केहि दिन अगाडी मात्र असारको तेश्रो हप्ता परीक्षाफल प्रकाशन गर्ने बताएको परीक्षा बोर्डले आज रिजल्ट प्रकाशित गर्न लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले एसइइको नतिजा प्रकाशनको बारेमा निर्णय गर्नका लागि आज बैठक बोलाउने तयारी गरेको बताएको छ । परीक्षाफल प्रकाशनका लागि सम्पूर्ण तयारी भैसकेको र कम्प्युटरमा नतिजाको भेरिफाई गर्ने कार्य भैरहेको जनाएको छ । कुनै प्राबिधिक समस्या नदेखिएमा आज अपरान्ह ५ बजे सम्म बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने बोर्डले तयारी गरेको छ ।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।