एसईईको रिजल्ट असारको तेश्रो सातामा नै
ओखलढुङ्गान्युज, असार ११ काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा यही असार तेस्रो साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ । प्राविधिक समस्या नदेखिएमा असारको तेस्रो हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरि तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।
शैक्षिक सत्र २०८१ को एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो । तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकरकर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए ।
शिक्षकहरुको आन्दोलन पश्चात बैशाख १७ गते सरकार र शिक्षक महासंघबीच सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए । शिक्षकहरु फर्किएसँगै सामुदायिक विद्यालय खुलेका थिए भने रोकिएको एसर्इई परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो । त्यसैले पनि यस बर्ष एसईई परीक्षाको नतिजा प्रकाशनमा केहि ढिलाई भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८१ को एसर्इई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी भएका थिए ।