नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

सफल सगरमाथा आरोहीलाई मोलुङ गाउँपालिकाको सम्मान 

ओखलढुङ्गान्युज, असार ९ प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिकाले गाउँपालिकाबाट सफल सगरमाथाको आरोहण गर्ने आरोहीहरूलाई आइतबार सम्मान गरेको छ । मोलुङ गाउँपालिकाको सत्रौँ गाउँसभाको अवसर पारेर मोलुङ गाउँपालिका स्थायी घर भई विभिन्न समयमा सगरमाथा आरोहण गर्ने आरोहीहरुलाई सम्मानपत्रले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मोलुङ गाउँपालिका वडा नं ७ का वाङ्डा शेर्पा (चारपटक सगरमाथा आरोहण गरेका थिए।), मोलुङ ७ कै रामबहादुर मगर (दुईपटक), शेरे शेर्पा (दुईपटक), रिन्जी शेर्पा (एकपटक), तथा मोलुङ गाउँपालिका वडा नं ६ श्रीचौरका छिरिङ शेर्पा (दुईपटक), मिङमार शेर्पा (एकपटक) तथा देवेन्द्र बहादुर तामाङ (एकपटक) ले सगरमाथाको सफल आरोहण गरेका थिए । सफल सगरमाथा आरोहीहरूलाई गाउँपालिकाको तर्फबाट सम्मान गरेको मोलुङ गाउँपालिकाका प्रवक्ता एवं मोलुङ ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।

सम्मानित हुने आरोहीहरूले विभिन्न समयमा सगरमाथाको सफल आरोहण गरेर ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाको तर्फबाट जिल्लाकै उच्चशिर पारेको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मोलुङ गाउँपालिका ७ का ४ जना र मोलुङ गाउँपालिका ६ का ३ जना नागरिकहरू रहेका छन् ।