नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

हर्कपुरको सुनकोशी नदीमा भेटिएकी शव सिन्धुलीकी बरालको भएको पुष्टि

ओखलढुङ्गान्युज, असार ५ मानेभन्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा पर्ने हर्कपुरको सुनकोशी नदी किनारमा भेटिएको शबको पहिचान भएको छ । सब सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ७६ कि जानुका बराल रहेको पुष्टि भएको छ ।

उक्त शब हेरेर आफ्नी आमाको भएको मृतकका छोरा पुरुषोत्तम बरालले सनाखत गरेसँगै शबको पहिचान भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । शबको पहिचान भए सँगसँगै कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बिहिबार बिहानै ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिकाको हर्कपुरको सुनकोशी नदीमा ती महिलाको शब फेला परेको थियो । शब फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले जानकारी पाउन साथै घटनाको बारेमा अनुसन्धानको लागि ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरीको टोली पठाएको थियो ।