नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

सुनकोशी नदीमा एक महिलाको सब फेला, पहिचान हुन सकेन 

ओखलढुङ्गान्युज, असार ५ मानेभन्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका क्षेत्रमा पर्ने सुनकोशी नदी किनारमा बिहीबार बिहान एक महिलाको शव फेला परेको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं ७ हर्कपुरस्थित सुनकोशी नदीमा शब फेला परेको हो ।

शब फेला परे पश्चात स्थानीयले नजिकको प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी हुनासाथ प्रहरी चौकी हर्कपुरबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतक महिलाको केही पहिचान हुन नसके पनि अन्दाजी ७५/७६ वर्षको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनाबारे अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।